आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

बाबुराम भन्छन्- ‘सरकार खुराफातमा मस्त हुने,सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाउने ? खै लज्जाशरणम् ?

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार ११:२७ मा प्रकाशित (२ साल अघि) ३२४ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् ।

भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामी जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिं भीख माग्न लगाउने ? खै लज्जाशरणम् ?’