आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

कोरोना संक्रमणबाट अर्थशास्त्री थापाको निधन

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १०:४८ मा प्रकाशित (३ साल अघि) २८४ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।

थापा केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत थिए। उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गरेका थिए।

थापाको निधनप्रति एमाले नेताहरूले शोक व्यक्त गरेका छन्।