FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

थप ४,७६२ जनामा संक्रमण पुष्टि, एकैदिन ६,४९१ कोरोनामुक्त

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १७:५० मा प्रकाशित (३ हफ्ता अघि) १७७ पाठक संख्या

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ७ सय ६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १५ हजार ५५ आरटी पिसिआर र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । यीमध्ये १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ४ सय ९१ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ जना पुगेको छ । निको हुने दर ७९.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ सय पुगेको छ ।