आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

राष्ट्रपतिबाट खोप ल्याउन पहल गरिनु संविधानको उल्लंघन : भीम रावल

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १७:४० मा प्रकाशित (२ साल अघि) ३२२ पाठक संख्या
काठमाडौँ– नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वगृहमन्त्री भीम रावलले राष्ट्रपतिबाट कोरोनाविरुद्धको खोपका लागि पहल गरिनु संविधान र प्रणालीको उल्लंघन भएको आरोप लगाएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाएका छन् । रावलले ट्वीट गर्दै राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि अघि बढाएको पहलको आलोचना गरेका हुन् । ‘राष्ट्रपतिबाट कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन हो’ उनले भनेका छन् ।

रावलले ट्वीटमा लेखेका छन्, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो । यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’