आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ९ आरुबारीमा ‘वाफल कासा’ सञ्चालन

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १४:३५ मा प्रकाशित (२ साल अघि) १५९८ पाठक संख्या

१७ जेष्ठ, काठमाडौं । आरुबारी रमेश विकल चोक नजिक ‘वाफल कासा’ खुलेको छ । वाफल पश्चिमा देशहरुमा लोकप्रिय खाजा नास्ताको परिकारको रुपमा परिचित छ । यसलाई खाजा, नास्ताको रुपमा दुध, कफि, चियासँग खान सकिन्छ । वाफललाई क्रिम, हनी, सिरपसँग पनि खान सकिन्छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ नजिकै रहेको ‘वाफल कासा’मा अमेरिकन इटाली खानाका पारखीले वाफल खान सक्नेछन् । वाफल लञ्च, डिनरसँग पनि लिन सकिन्छ । हल्का खाजाको रुपमा बे्रकफास्ट, टि टाईम र हाई टिका रुपमा पनि खान सकिन्छ । ‘वाफल कासा’को अर्थ वाफल पाईने घर भन्ने हुन्छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले दिएको बेकरी तालिम लिए पछि गौरी न्यौपानेले आफ्नै लगानीमा ‘वाफल कासा’ सञ्चालन गर्नु भएको हो । वाफल बनाउन १५ वर्ष देखि ¥याडिसन होटलमा सेफमा कार्यरत न्यौपानेका श्रीमान राजेश ढुंगानाले सिकाउनु भएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले सञ्चालन गरेको बेकरी तालिममा सहभागि भई स्वाबलम्बन बन्ने उदेश्यले गौरी न्यौपानेले वाफल कासा सञ्चालन गरेकोमा वडा अध्यक्ष राजिव थापाले खुसी व्यक्त गर्नु भयो । वडा अध्यक्ष थापाले भन्नु भयो ‘बेकरी तालिम लिएर यसै वडाका महिलाले गर्नु भएको कार्य उदाहरणीय छ । यस्तो स्वरोजगामुलक कार्यले अरु महिलाहरुलाई पनि प्रेरणा दिनेछ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, वडा अध्यक्ष राजिव थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगाना लगायत जनप्रतिनिधि, स्थानीय समाजसेवी, उपभोक्ताहरुले वाफल खाए पछि प्रशंसा गर्नु भएको राजेश ढुंगाना बताउनु हुन्छ । ढुंगानाले वाफलका उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएकोले हौसला बढेको बताउनु भयो ।

चैत ११ गतेबाट सञ्चालनमा आएको ‘वाफल कासा’ले यसको होम डेलिभरी पनि छिट्टै शुरु गर्ने जनाएको छ । प्रति पिस वाफलको रु २५ मुल्य राखिएको छ । वाफल विद्युतीय मेशिनमा दुई प्लेटको बिचमा राखेर पकाउने (सेकाउने) काम हुन्छ । वाफल पकाएर तत्काल खान सकिने हुनाले ताजा हुनुका साथै यसलाई फेरी सेकाएर पनि खान सकिन्छ ।

चैत ११ गते ‘वाफल कासा’को उद्घाटन गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल र वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले गर्नु भएको थियो ।