आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका रमेश खरेलले जिते कोरोना, आज डिस्चार्ज हुँदै

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १३:५५ मा प्रकाशित (२ साल अघि) २५७ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल आज डिस्चार्ज हुने भएका छन्।

कोरोना संक्रमणका कारण उनलाई १८ दिनपहिले अस्पताल भर्ना गरिएको थियो।

संक्रमणबाट गम्भीर अवस्थामा पुगेका खरेलको नेपाल प्रहरी अस्पतालमा उपचार भएको हो।

उनलाई करिब ५ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। केही दिनपहिले साधारण वार्डमा सारिएका खरेललाई आजै डिस्चार्ज गर्ने तयारी भएको उनकी छोरी रोजा खरेलले जानकारी दिइन्।

आईजीपीको दौडमा रहेका खरेलले रोलक्रम मिचेर आईजीपी नियुक्त गरिएको भन्दै नेपाल प्रहरीको डीआईजीबाटै राजीनामा दिएका थिए।

एसएसपीसम्म पहिलो नम्बरमा रहेका खरेललाई डीआईजी बढुवामा पछि पार्दै सर्वेन्द्र खनाललाई सरकारले आईजीपी नियुक्त गरिएको थियो।

सोही कारण उनले एआईजी हुने अवसर समेत छाडेर डीआईजीबाटै राजीनामा दिएका थिए। खरेल पछिल्लो समय सामाजिक अभियानमा सक्रिय छन्।