आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले निकाल्यो यस्तो प्रेस विज्ञप्ति

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार ०७:५७ मा प्रकाशित (२ साल अघि) ४७६ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै १०१ स्थानको क्रियाशील सदस्यताको नामावली टुंगो लगाएको जनाएको छ ।

छानबिन समितिका सचिव केशव रिजालले पार्टीको आधिकारिक वेबसाइटमा सदस्यता विवरण सार्वजनिक गरिएको जनाएका छन् ।

छानबिन समितिको बैठकको निर्णय अनुसार गत बैशाख ३० गते ४५ जिल्लाका ८० स्थान र जेठ १५ गते १६ जिल्लाका २१ स्थान समेत गरी कूल १०१ स्थानको सदस्यता नामावली टुंगो लगाइएको जनाइएको छ ।

समितिले कुनै त्रुटि भएमा सच्याउनका सम्बन्धित ठाउँमा जानकारी गराउन आग्रह गर्दै १०१ स्थानका लागि नामावली इन्ट्री गर्ने सफ्टवेयर बन्द गरिएको जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

अब १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको समितिले जनाएको छ ।

समितिले सम्बन्धित प्रतिनिधिसभा क्षेत्रले नयाँ तर्फको र जिल्लाले नवीकरण तर्फको सम्पूर्ण नामावली तोकिएको मितिभित्र केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा इन्ट्री गर्न र कुनै त्रुटि भएको भए सच्याउन आग्रह समेत गरेको छ ।