आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

प्रदेश मन्त्री फुयाँललाई मातृशोक

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार ०६:३७ मा प्रकाशित (२ साल अघि) ५४९ पाठक संख्या

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँललाई मातृशोक परेको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य फुयाँलकी आमा नन्दकुमारीको आज ८९ वर्षका उमेरमा निधन भएको मन्त्री फुयाँलको सचिवालयले जनाएको छ । मन्त्री फुयाँलकी आमाका निधनमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दुःख व्यक्त गर्दै उहाँको निधनका खबरले आफूलाई मर्माहत तुल्याएको जनाएका छन् ।