आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

थप १०९ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१६ जेष्ठ २०७८, आईतवार १७:०५ मा प्रकाशित (२ साल अघि) ३९५ पाठक संख्या

काठमाडौँ– नेपालमा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १०९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार २७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।