आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

थप ४ हजार ३६९ जनामा कोरोना पुष्टि, ६ हजार २०५ संक्रमणमुक्त

गोकर्णेश्वर खबर१६ जेष्ठ २०७८, आईतवार १६:५२ मा प्रकाशित (२ साल अघि) २६४ पाठक संख्या

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ३६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ९८६ आरटी पिसिआर र १ हजार ७८४ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार ७९१ पुगेको छ । यीमध्ये १ लाख ८ हजार ८९७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सहप्रवक्ता डा.अधिकारीका अनुसार आइतबार देशभरबाट ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार २०५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ४० हजार ९५५ जना पुगेको छ । निको हुने दर ७९.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १०९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार २७२ सय पुगेको छ ।