आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

आज थप ४,४८७ जनामा संक्रमण पुष्टि,११६ जनाको मृत्यु

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार १७:२४ मा प्रकाशित (२ साल अघि) ४१७ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा १४ हजार ७५२ जनाको नमूना परीक्षण गरिएको हो।

मन्त्रालयका अनुसार ६ हजार ८० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ४ लाख ३४ हजार ७ सय ५० कोरोनामुक्त भएका छन्।

त्यस्तै यस अवधिमा ११६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६१ पुगेको छ।

हालसम्म कोरोनाबाट निको हुनेको दर ७८.६ प्रतिशत रहेको छ।