FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

बढ्यो वृद्धभत्ता,पुग्यो ४ हजार

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार १७:०९ मा प्रकाशित (३ हफ्ता अघि) १२६ पाठक संख्या

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो।

आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गरेका हुन्।

सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुर्‍याएको छ।

१० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ। हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ।

सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ। पहिलो वर्ष नै यो शिर्षकमा ३३ अर्ब दायित्व थप भएको छ।