आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

स्तन हटाएपछि एलियट बनिन् एलन

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार २२:३१ मा प्रकाशित (२ साल अघि) ५३८ पाठक संख्या

लसएञ्जल्स– हलिउडकी प्रख्यात अभिनेत्री एलियट पेज(पहिलाको नाम एलन पेज) प्रायः चर्चामा आइरहन्छिन् । केही समयअघि मात्र उनले आफू ट्रान्सजेण्डर भएको खुलासा गरेकी थिइन् ।

अमर उजालाका अनुसार गत वर्ष डिसेम्बरमा उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक पोस्ट गर्दै आफूले लिंग परिवर्तन गरेको र सर्जरी पछि आफु पुरुष बनेको जानकारी दिएकी थिइन् ।

यसपटक पुनः एलियट चर्चामा आएकी छन् । एलियटले आफ्नो इन्स्टाग्राम एकाउण्टमा आफ्नो सर्टलेस सिक्स एब्सवाला तस्वीर शेयर गरेकी छन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एलियटले टप सर्जरी गराएपछि पहिलोपटक आफ्नो यस्तो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी हुन् । तस्वीरमा फ्यानसँगै कैयौं सेलिब्रेटीले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

हलिउड फिल्म ‘इंसेप्शन’, ‘जूनो’ र ‘द अम्ब्रेला अकेडमी’ जस्ता फिल्मकी अभिनेत्री एलियटले सन् २०१३ मा टप सर्जरी गराएकी थिइन् । जुन सर्जरीबाट उनको दुवै स्थन फ्यालिएको थियो ।

त्यो सर्जरीलाई उनले ओपेरा विनफ्रेसँगको अन्तरवार्तामा ‘लाइफ चेञ्जिङ’ र ‘लाइफ सेभिङ’ भनेकी थिइन् । उनले आफू महिलाको पहिरनमा कहिल्यै पनि सहज हुन नसकेको खुलाएकी थिइन् ।

फिल्म ‘इंसेप्शन’को प्रिमियरका समयमा उनले जुन पहिरन लगाएकी थिइन्, त्यो पहिरनले उनी झण्डै बेहोस भएकी थिइन् । सर्जरी अघि उनले सन् २०१२ मा आफ्नो नाम एलन पेजलाई फेरेर एलियट पेज राखेकी थिइन् ।