आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

माननीय छिरिङ दोर्जे लामाको समन्वयमा आइसोलेशन सेन्टर निर्माण

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार १२:०९ मा प्रकाशित (२ साल अघि) १०३२ पाठक संख्या

१३ ज्येष्ठ, काठमाडौं । वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको समन्वय र कामपा वडा नं ६ कार्यालयको अगुवाईमा १० बेडको आइसोलेशन सेन्टर निर्माण भएको छ ।

 

आइसोलेशन सेन्टर श्री जनकल्याण माध्यामिक विद्यालय, आर्ट अफ लिभिङ लगायत विभिन्न संघ संस्थाको साझेदारीमा निर्माण भएको हो । काठमाडौँ महानगरपालिका बौद्ध ६ महाँकालको श्री जनकल्याण माध्यामिक विद्यालयमा स्थापना गर्रिको आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ।स्वास्थ्यकर्मीको निगरानीमा कोरोना संक्रमित विरामीको हेरचाह गरिनेछ ।

प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले कोरोना संक्रमण बढीरहेको अवस्थामा काठमार्डौ आई कोठामा बसोबास गरिरहेका संक्रमित व्यत्ति,हरुलाई होम आईसोलेशन बस्न समस्या हुने भएकाले आइसोलेशन केन्द्र निर्माण गरिएको बताए ।

आइसोलेशन सेन्टर स्थापना पछि संत्रmमितहरुको व्यवस्थापन र उपचारमा सहजता हुने भन्दै वडा अध्यक्ष दिपेन्द्र लामाले खुसी व्यक्त गरे ।

खाङ्ग्री अन्तराष्ट्रीय अस्पतालमा १२ शैयाको आइसोलेसन वार्ड संचालन 
यसै गरी माननीय छिरिङ दोर्जे लामा, मेयर सन्तोष चालिसे, गोनपा वडा नं. ५ र ६ का अध्यक्षद्वय नारायण सुवेदी र रमेश अर्यालको समन्वय तथा सहयोगमा बैशाख २७ गतेबाट जोरपाटीमा रहेको खाङ्ग्री अन्तराष्ट्रीय अस्पतालमा १२ शैयाको आइसोलेसन वार्ड संचालन हुँदै आईरहेको छ।
सो आइसोलेसन वार्डमा अक्सिजन, स्वास्थ्यकर्मी र खाना सहित निशुल्क रुपमा आइसोलेसन वार्ड संचालन हुँदै आईरहेको छ। हाल सो आइसोलेसनमा ७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।