आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

‘यास’ चक्रवातको प्रतिकुल प्रभाव कायमै, सतर्कता अपनाउन आग्रह

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार ०७:२० मा प्रकाशित (३ साल अघि) ४३१ पाठक संख्या

काठमाडौं । बंगालको खाडीमा उत्पन्न भएको यास नामक चक्रवातले नेपालको मौसममा पनि प्रतिकूल प्रभाव पारेको छ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, हिमपात र हावाहुरी चल्ने भएकाले शनिबारसम्म सतर्कता अपनाउन आग्रह गरिसकेको छ।

चक्रवातले उत्पन्न प्रतिकुल मौसमका कारण पर्वतारोही टोलीलाई फिर्ता बोलाउन पनि प्राधिकरणले पर्यटन मन्त्रालयलाई भनेको छ।

मनसुन सुरु हुनु अघि नै धेरै पानी पर्ने भएकाले बाढीपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।

जेठ १३,१४ र १५ गते प्रदेश १,प्रदेश २,वाग्मती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।