आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

थप १६९ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार १७:२७ मा प्रकाशित (२ साल अघि) ४३४ पाठक संख्या
काठमाडौँ– नेपालमा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १६९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।