आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

रुरल नेपाल फाउन्डेसनले गरे महामारीमा राहत वितरणको सुरुवात

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार ०८:०९ मा प्रकाशित (२ साल अघि) ४६७ पाठक संख्या

ज्ञानकाजी तामाङ ।
जेठ ११ , काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरले मुलुक अस्तव्यस्त भइरहदा एक सामाजिक संस्था रुरल नेपाल फाउन्डेसनले विभिन्न संस्थालाई र स्थानमा राहत बितरणको कार्यक्रम सुरु गरेको छ ।

लामो समयदेखि काठमाडौंमा निशुल्क खाना खुवाउदै आइरहेको हाम्रो टिम नामक सामाजिक संस्थालाई आइतबार रुरल नेपाल फाउन्डेसनले ५ बोरा चामल बितरण गरेको छ । त्यसैगरी गाउँगाउँमा कोरोनाको संक्रमण रोक्न फाउन्डेसनले स्वास्थ्य सामाग्रीको वितरण पनि गरेको छ । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखार गाउँपालिका – १ मा केही समय अगाडि मात्रै स्थापना भएको यस फाउन्डेसनले स्थापनाको छोटो समयमा नै सोही गाउँपालिकामा कोरोना भाइरसको संक्रमण रोक्न वडा नं १,२,३ र ४ मा ४ हजार थान सर्जिकल माक्स बितरणको लागि पठाएको छ ।

स्थानीय गौतम लामा र संस्थाको कोषाध्यक्ष पाल्देन तामाङको जिम्मेवारीमा वडा अध्यक्षको रोहबरमा स्थानीय निकायमा सो माक्स वितरण गरिने संस्थाको योजना प्रमुख तथा मुख्या दाता बुद्व ग्याबा तामाङ (प्रजोन लामा) ले बताउनुभयो । त्यसैगरी शैलुङ गाउँ पालिकाको वडा नं – २ भुषाफेदामा र पत्रकार महासंघ नेपाललाई पनि १५०० थान सर्जिकल माक्स वितरण गर्ने तयारी भइरहेको जानकारी तामाङले दिनुभयो । तामाङ भन्नुहुन्छ– ‘महामारीको यो घडीमा  ज –जसले जे सहयोग गर्न सक्छ एक अर्कामा सहयोग गरौ, कोहि भोक र रोगले नमरुन्, यदि कोहि यो विपत्तिमा खाना नपाएर  भोकै मर्ने अवस्था आए हामीलाई सम्पर्क गर्नुहोस्, भोक सँगको लडाइँमा हामी तपाईहरुलाई साथ दिनेछु । ’

                                                        फाउन्डेसनको योजना प्रमुख बुद्व ग्याबा तामाङ(प्रजोन लामा)

सिन्धुपाल्चोक स्थित लिसंखुपाखार – २ (लिसंखु) जोरधारा ग्याबा टोल स्थायी  घर भइ हाल अमेरिकमा बस्दै आउनुभएको फाउन्डेसनको प्रमुख योजना तथा संकल्पकार तामाङले रुरल नेपाल फाउन्डेसन नेपालमा रहेको ग्रामीण गरिबी हटाउने उद्देश्यको साथ स्थापना भएको सामाजिक संस्था भएको बताए । तर मुलुकमा महामारीले उग्र रुप लिए पछि आफुहरु चुप लागेर बस्न नसकेको र पहिलो चरणको कार्यक्रम अन्तर्गत स्वास्थ सामाग्री र  खाद्यान्नको वितरण सुरु गर्नुपरेको जानकारी दिनुभयो।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत महामारीको कारणले रोजगारी गुमाएको मजदुर वर्ग, विद्यार्थी, एकल महिला, वृद्ध, सुत्केरी महिलाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिने र महामारीको अन्त्य भएपछि तेस्रो चरणको कार्यक्रम सुरु गर्ने बताए । तेस्रो चरणको कार्यक्रम अन्तर्गत नेपालमा गरिबीको दर घटाउने खालको कार्यक्रम हुने र जसमा सीपमूलक कार्यक्रमहरु जस्तै व्यावसायिक कृषि कार्यक्रम अन्तर्गत बाख्रा पालन, आधुनिक तरकारी खेती गर्ने कार्यक्रम, पर्यटन प्रवर्द्धनको लागि गाउँगाउँमा होमस्टे बनाउने, सिलाइ बुनाइ, व्यूउटिसियन, जस्ता कार्यक्रमहरु लागू गर्दै हरेक नेपालीमा सीपमूलक बनाउने खालको कार्यक्रम हुने बताउनुभयो ।

सीपमूलक कार्यक्रमलाई विषेश महत्वको साथ नेपालमा रहेको भुटानी शरणार्थीहरुको शिविरमा लैजाने योजना रहेको बताए । शरणार्थी शिविरमा हाल संयुक्त राष्ट्रसंघले सहयोगको कार्यक्रम कटौती गर्दै लगिएको अवस्थामा रुरल नेपाल फाउन्डेसनले शिविरमा रहेको व्यक्तिलाई सीप सिकाएर योग्य बनाउने र अरुको सहयोगको भरमा बाच्नुपर्ने अवस्थाबाट आत्मनिर्भर भएर बाच्न सक्ने बनाउने योजना रहेको जानकारी दिनुभयो। यो कार्यक्रमको लागि साथ र सहयोगको लागि तामाङले विश्व भरि छरिएर रहेको नेपालीहरुलाइ सहयोगको लागि अपिल समेत गरेको छन् ।

यदि जो सुकै व्यक्ति लाई उल्लेखित कार्यक्रम आर्थिक सहयोग गर्ने चाहना भएमा फाउन्डेसनको नबिल बैकमा रहेको खाता नम्बर Rural Nepal Foundation. A/C Number : 03201017500795 Swift code: NARBNPKA मा सहयोग गर्न वा अन्य कुनै पनि खालको सहयोग गर्न चाहेमा वा महामारीमा अफ्ट्यारो परेमा फाउन्डेसनको सुचना प्रमुख काजी लामा ९८५११८३२४० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।