आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

रोनाल्डो बिनाको खेलमा युभेन्ट्सको शानदार जित, च्याम्पियन्स लिगमा छनौट

गोकर्णेश्वर खबर१० जेष्ठ २०७८, सोमबार ०६:४६ मा प्रकाशित (२ साल अघि) ४८५ पाठक संख्या

काठमाडौँ- साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा फराकिलो जित निकाल्दै आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनौट भएको छ ।

आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिएर लिगको अन्तिम खेलमा मैदान उत्रिएको युभेन्ट्सले बोलोग्नालाई ४-१ ले हराएपछि युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अर्को खेलमा नेपोली भेरोनासँग बराबरी खेलेपछि अन्तिम चरणमा  सिरी ए को शीर्ष चारमा रहने टिमको समीकरण पनि परिवर्तन भएको हो । लिगमा एसी मिलान दोस्रो स्थानमा रहन सफल भयो ।

युभेन्ट्सको जितमा अल्भारो मोराटाको दुई गोल तथा फेडेरिको किएजा, र राबीओटले एक एक गोल गरे । बोलोग्नाका लागि रिकार्डोले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले यो सिजनको सिरी ए फुटबल ७८ अंकसहित तेस्रो स्थानमा रहेर टुंग्याएको छ ।