आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

बागमती प्रदेशसभाको बैठक आह्वान

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार २०:०८ मा प्रकाशित (३ साल अघि) ५२४ पाठक संख्या

मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक डाक्न सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । प्रदेशसभाको सातौं अधिवेशन बैठक गत वैशाख ९ गते अन्त्य गरिएको थियो ।