आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गण्डकीमा पुनः मन्त्रिमण्डल विस्तार, चार मन्त्रीले लिए शपथ

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १६:४४ मा प्रकाशित (२ साल अघि) ३९५ पाठक संख्या

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले चारजना मन्त्री नियुक्त गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् । बाँकी तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको छ ।

मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्री बनाएका हुन् ।