आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

काठमाडौं महानगरमा कक्षा ८ को परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट नतिजा निकालिने

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १६:३५ मा प्रकाशित (२ साल अघि) ५०७ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नगर्ने भएको छ ।

नगरस्तरीय परीक्षा समितिको बुधबार बसेको बैठकले भौतिक उपस्थिति हुँदा संक्रमणको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरेको हो ।

बैठकले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिबाट २० प्रतिशत मूल्यांकन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

महानगरकाे निर्णयअनुसार महानगरभित्रका सबै विद्यालयले जेठ २५ सम्ममा नतिजा तयार पार्नुपर्नेछ ।