आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

जेठ २० भित्र अनलाइनबाट परीक्षा लिन विद्यालयहरुलाई काठमाडौं महानगरपालिकाको निर्देशन

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १७:१० मा प्रकाशित (२ साल अघि) २०० पाठक संख्या

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई जेठ २० गतेभित्र सम्पूर्ण परीक्षा लिन निर्देशन दिएको छ ।

महानगरपालिकाले अनलाइन, अफलाइन, टेलिफोन, इमेल वा अन्य उपयुक्त ढाँचाबाट प्रश्न पठाएर विद्यार्थीको परीक्षा लिन निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिका भित्र सञ्चालन रहेका सबै विद्यालयहरुले शैक्षिक सत्र २०७७ को वार्षिका मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन विधि अपनाएर परीक्षा लिन भनेको छ ।

जेठ २० भित्र परीक्षा सक्ने र जेठ मसान्तसम्म नतिजा प्रकाश गर्ने र असार पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न सबै विद्यालयहरुलाई जानकारी गराएको छ ।

साथै, कक्षा आठको नगरस्तरीय परीक्षाको सम्बन्धमा यथाशिघ्र सूचना गरिने पनि जनाएको छ ।