आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

ओमानबाट पठाइएका ५६० अक्सिजन सिलिन्डर आज सरकारलाई बुझाइने

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार ०७:४५ मा प्रकाशित (२ साल अघि) ६६१ पाठक संख्या

काठमाडौं। ओमानका लागि नेपाली राज्दुत शर्मिला पराजुली ढकालको सक्रियता र गैरआवासीय नेपाली संघको संयोजनमा मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट पठाइएका ५ सय ६० वटा अक्सिजन सिलिन्डर आज नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीको उपस्थितमा बिहान ११ बजे स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ती सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिने।