आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

अन्तरिक्ष अभियानमा चीनलाई ठुलो सफलता :’जुरोङ्ग’ यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार १०:३१ मा प्रकाशित (२ साल अघि) ४७५ पाठक संख्या

काठमाडौँ । चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको छ ।

जुरोङ्गको सफल अवतरणसँगै अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको चीनले जनाएको छ ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमापछि रोवर मंगल ग्रहमा अवतरण भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने चीन विश्वको दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो ।

मंगल ग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ ।