आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कुवेतमै अस्ताए खम्बा सिङ

गोकर्णेश्वर खबर३१ बैशाख २०७८, शुक्रबार ११:२८ मा प्रकाशित (२ साल अघि) ३५० पाठक संख्या

दोहा : रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । विगत दुई हप्तादेखि कुवेतको अल सभा टिवी हस्पिटलमा उपचाररत तेह्रथुमका खम्बा सिङ गुरुङको मृत्यु भएको हो ।

अबैधानिक तरिकाले त्यहाँ काम गरिरहेका उनी लामो समयदेखि बिरामी उपचार गराउन नसकेर स्थिति जटिल बन्दै गएपछि उनका साथीहरुले गैरआबासीय नेपाली संघ (एनआरएनए) कुवेतलाई जानकारी गराएपछि संघले आदान अस्पताल पुर्‍याएको थियो ।

आदान अस्पतालले टिवी रोग भएको प्रमाणित गरेपछि थप उपचारको लागि अल सभाको टिवि अस्पतालमा रिफर गरेको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको संघले जनाएको छ ।

मृतक गुरुङ करिव चार बर्ष अघि कुवेतको एनएस कम्पनीमा पुगेको र पछि मेडिकल चेकअप गर्दा अनफिट भएपछि कम्पनीले नेपाल फर्किन राहदानी उपलब्ध गराएपछि अबैधानिक तरिकाले काम गर्दै आएको बुझिएको छ ।

गुरुङको मृत्यु बारे नेपाली दूतावास जानकार रहेको भन्दै परिवारसँग समन्वय गरी हवाई उडान खुल्न साथ शव नेपाली पठाइने जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेको भन्दै नेपाल र कुवेत दुबै तिरबाट उडानमा प्रतिबन्ध लगाएकोले शव पठाउन केही ढिलो हुने दूतावास स्रोतले जनाएको छ ।