आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमाले र ओली समाप्त पार्ने अभियानले एक्लिदै माधव नेपाल, विश्वासपात्रले छाडे साथ

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार २०:२१ मा प्रकाशित (२ साल अघि) ७२४ पाठक संख्या

२९ वैशाख, काठमाडाैँ । अहिले माधवकुमार नेपालहरू नेकपा एमाले पार्टी भित्र जुन अवस्थामा हुनुहुन्छ त्यो भन्दा ध्वस्त हुनेगरी सडकमै पुर्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्बाही गर्ने उहाँनै हुनुहुन्छ । ओलीलाई कारबाही गरेर कार्की बैंकेटबाट अध्यक्षको स्वघोषणा गर्नुभएको माधव नेपाललाई त्यही समयदेखि नै क्षति हुँदै आयो ।

नेपालको समूहभित्र रहेर क्रियाशिल रहनुभएका नेताहरू एकपछि अर्को गर्दै समूह छाड्ने अवस्थमा पुग्नुभयो । लामोसमय लागनी गरेको पार्टी छाड्ने मन कसलाइ पो होला ! तर माधव नेपाल समूहले पछिल्लो समय एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउने वा माओवादीमा समाहित हुने जुन योजनाका साथ कामहरू अघि बढाएको छ त्यसको विस्तारै असरहरू देखिन थालेको छ । एकपछि अर्का नेताहरूले पालैपालो माधव नेपालको अभियानमा साथ दिन नसक्ने भन्दै मुलधरामा क्रियाशिल हुने निर्णय लिइरहनुभएको छ ।

सुरूमै लालबाबु पण्डितले आफू एमाले र सूर्य चिन्हको पक्षमा रहेको भन्दै पार्टीको नीति र नेतृत्वलाइ क्रस गरेर अघि नबढ्ने उद्घोष गर्नुभएको थियो । त्यसैगरी सिन्धुपाल्चोकका शेरबहादुर तामाङ र खोटङकी उषाकला राईले पनि माधव नेपाल समूह छाड्नु भो ।

कतिसम्म भने माधव नेपालको विशेष सहोयीको भूमिका निर्वाह गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले समेत उहाँको साथ छोड्नुभयो । त्यसै गरी पछिल्लो दिनमा सांसदहरू हिरा केसी, ध्रुव शाही, राजबाहादुर बुढा, जयकुमार राइ लगायतले माधव नेपालको साथ छाड्ने निर्णय लिनुभयो । समानुपातिक प्राणालीमा सांसद निर्वाचिन हुनुभएका त एक दुइ जनामात्र माधव नेपालको साथमा रहेका छन ।

पार्टीभित्र आशालाग्दा नेताको उपमा पाउनुभएका गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरू पनि पार्टी विभाजनको विपक्षमा देखिनुभएको छ । उहाँहरूले वैशाख २७ मा हुन लागेको सामूहिक राजिनमा रोक्न भूमिका खेल्नु भएको थियो । अहिले बुधबार नेता भीम रावलले राजिनामा दिनुपर्ने बताएपछि बिहीबार राजिनामा दिनेबाहेक सबै मुलधारको एमालेमा क्रियाशिल हुने अवस्थामा पुग्नेछन ।