आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गण्डकीको राजनीति : राजमोले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १५:२६ मा प्रकाशित (२ साल अघि) २५६ पाठक संख्या

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।

सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको पत्रमा उल्लेख छ ।

थापालाई दलको नेताबाट हटाइएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पुष्टि गरे ।