आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

लेभान्टे र बार्सिलोना ३–३ गोलको बराबरीमा रोकिए

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार ०९:३५ मा प्रकाशित (२ साल अघि) ३९८ पाठक संख्या

काठमाडौँ । स्पेनिस ला उपाधि दाबेदार मानिएको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा लेभान्टेले बार्सिलोनालाई ३–३ गोलको बराबरीमा रोक्दै अंक खोसेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए ।

पछिल्लो दुई खेलमा बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसअघि बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेलेको थियो ।

लेभान्टेसँगको बराबरीमा रोकिएसँगै बार्सिलोनाको उपाधि होड कमजोर भएको छ ।

३६ खेलबाट ७६ अंकसहित दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७७ अंकसहित शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको रियल ७५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।