आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बाँकेमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार २०:१५ मा प्रकाशित (२ साल अघि) ४४४ पाठक संख्या

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये बाँके जिल्लाका मात्रै १९८ छन् भने बाँके जिल्ला बाहिरका १५२ जना छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेका ७ र बाहिरी जिल्लाका ११ गरी कुल १८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका २ महिला र ५ पुरुष र बाहिरी जिल्लाका ३ पुरुष र ८ जना महिला रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।