FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध जेठ १७ सम्म लम्बियो

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १९:२५ मा प्रकाशित (१ महिना अघि) १९५ पाठक संख्या

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सो प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।