आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नयाँ सरकार गठनबारे प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा छलफल

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १६:४२ मा प्रकाशित (२ साल अघि) १७४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेसका सभापति देउवार माओवादीका अध्यष प्रचण्डबीच बूढानीलकण्ठमा पौने घण्टा जति कुराकानी भएको हो ।

सभापति देउवाले आजै तीन दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको छलफल राखेका थिए । तर जसपा आन्तरिक रुपमा प्रष्ट नभएपछि देउवाले बैठक स्थगित गरेका हुन् ।

जसपाको विवादका कारण संयुक्त बैठक स्थगित भएपछि सभापति देउवाले पदाधिकारी बैठक बूढानीलकण्ठमा बोलाका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेको छ । अहिले स्थायी कमिटी सदस्यहरुबीच भर्चुअल संवाद भइरहेको एक नेताको भनाई छ ।