आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘अति घातक’ : डब्ल्युएचओ

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार ०९:२० मा प्रकाशित (२ साल अघि) ४६२ पाठक संख्या

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अति घातक’ भएको जनाएको छ ।

भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ आग्रह गरेको छ ।

डब्ल्युएचओकी कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेको विभागकी प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसबाट जोगिन आग्रह गरेकी छन् ।

यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको उनले जनाएकी छन् ।