आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

बहराइन राजपरिवारको टोलीले गर्यो सगरमाथाको सफल आरोहण

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार ०९:१७ मा प्रकाशित (२ साल अघि) ५१३ पाठक संख्या

काठमाडौँ । बहराइनको राजपरिवारहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले आज बिहान सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।

कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो । सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहण हो ।

राजपरिवारको टोली आज बिहान ६ः४० बजे सगरमाथाको सफल आरोहण गरेको नेपाल पर्यटन विभागले जनाएको छ ।