आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कोरोना संक्रमणबाट एकै दिन १३९ जनाको मृत्यु,९ हजार २७१ जना संक्रमित

गोकर्णेश्वर खबर२७ बैशाख २०७८, सोमबार १९:३१ मा प्रकाशित (२ साल अघि) ७०८ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना छन् ।

यसअघि आइतबार उपत्यकाका ३ जिल्लामा ४१९८ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका ३१६१, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जना थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५५३, वागमती प्रदेशमा ४ हजार ५२०, गण्डकीमा ७७३, लुम्बिनीमा १ हजार ५५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।