आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

आज थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि,४,०२२ जनाले जिते कोरोना

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १८:५६ मा प्रकाशित (२ साल अघि) १८१ पाठक संख्या

काठमाडौं । आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जोड्दा मृत्यु हुनेको संख्या ८८ रहेको गौतमले बताए।

त्यस्तै यस दिन ४ हजार २२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

यस दिन कुल १८ हजार ७८७ जनाको नमुना संकलन भएको थियो। आज थपिएका संक्रमितसहित हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेको गौतमले बताए।

देशभर ८३२ जना संक्रमित आइसियू कक्षमा छन्, तीमध्ये पनि २६७ जना भेन्टिलेटरको सहायतामा रहेको गौतमले बताए।