आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १८:४९ मा प्रकाशित (२ साल अघि) ३९२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।