आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोनाका कारण वडाध्यक्षको मृत्यु

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १४:२४ मा प्रकाशित (२ साल अघि) ७५० पाठक संख्या

धनगढी । बाजुरामा एक जना वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बडीमालिका नगरपालिका वडा नम्बर ९ का अध्यक्ष विनोदकुमार विकको कोरोना संक्रमणपछि शनिबार साँझ मृत्यु भएको हो।

३५ वर्षीय अध्यक्षलाई संक्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको थियो।

त्यहाँ स्वास्थ्य अवस्था थप जटिल भएपछि थप उपचारका लागि डडेल्धुरा ल्याउँदै गर्दा अछामको साँफे बगरमा उनको मृत्यु भएको आफन्त राजेश विकले जानकारी दिए।