आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नायिका वर्षा राउतलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १४:११ मा प्रकाशित (२ साल अघि) १०१५ पाठक संख्या

काठमाडौं । नायिका वर्षा राउतलाई कोरोना पोजिटिभ देखिएको छ । नायिका राउतले सामाजिक संजालबाट नै यो कुराको जानकारी दिएकी छिन् । उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् । कोरोना महामारीको दोश्रो लहरले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ ।