आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

संकटमा पनि लुट : १९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गरेको आरोपमा एक पक्राउ

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १२:२५ मा प्रकाशित (२ साल अघि) ५०० पाठक संख्या

काठमाडौँ– बजार भाउ भन्दा झण्डै दोब्बर मूल्यमा अक्सिमिटर बेचेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको हो । प्रहरीले उनको पसलबाट १२ वटा अक्सिमिटर समेत बरामद गरेको छ ।

तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीविरुद्ध कालोबजारी ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।