आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काबुलमा विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार ०९:३३ मा प्रकाशित (२ साल अघि) २२९ पाठक संख्या

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा एउटा विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

विस्फोटमा अरू दर्जनौँ घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटनहरू भएका अधिकारीहरूले जनाएका छन् ।

हताहत हुनेमध्ये अधिकांश छात्रा भएको अफगानिस्तानको शिक्षा मन्त्रालयले जनाएको छ ।

दश्त ए बर्चीमा भएको उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । त्यो क्षेत्रमा प्रायः सुन्नी लडाकूहरूले आक्रमण गर्दै आएको उनीहरूले नै आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।