आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भारतमा कोरोनाविरुद्धको खोप ओसार्न ड्रोनको प्रयोग

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार ०९:५८ मा प्रकाशित (२ साल अघि) ३८४ पाठक संख्या

एजेन्सी । भारत सरकारले कोरोना खोप ढुवानीका लागि ड्रोनको प्रयोग गर्ने अनुमति दिएको छ ।

भारतको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई खोप ओसार्न ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो।

ग्रामीण भेगमा खोपको सहज आपूर्तिका लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

यही महिनाको अन्त्यसम्म ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरिने तेलंगना राज्यका सरकारी अधिकारीहरूले बताएका छन् ।

यसअघि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोना खोप ओसार्न ड्रोन उपयोग गर्न अनुमति दिएको थियो ।

खोप पुर्‍याउने यस्ता ड्रोन उडाउँदा हवाइ नियम पालनामा केही छुट पनि दिइएको छ । ड्रोनबाट खोप ओसार्दा दुर्गम बस्तीमा चाँडो र सहज रुपमा खोप पुर्‍याउन सकिने भारत सरकारले बताएको छ ।

सडक यातायातको पहुँच नभएको ठाउँसम्म खोप लैजान ढुवानी तथा चिस्यान लगायतको व्यवस्थापन गर्न कठिन हुने भएकाले आवश्यकता अनुसार ड्रोनमार्फत ओसार्दा सहज हुने भारत सरकारको भनाइ रहेको इण्डिया टुडेले जनाएको छ ।