आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

वीर अस्पतालको नयाँ भवनलाई कोरोनाको ‘युनिफाइड अस्पताल’ बनाउने मन्त्रीपरिषद्को निर्णय

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार ०७:३३ मा प्रकाशित (२ साल अघि) ३५३ पाठक संख्या

काठमाडौं । शनिवार साँझ आकस्मिक बसेको मन्त्रीपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोरोनाको ‘युनिफाइड अस्पताल’ बनाउने निर्णय गरेको छ । बैठकले नयाँ भवनलाई सुरुमा ५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त एजेण्डामा मात्र छलफल र निर्णय भएको ती मन्त्रीले बताए । केही समय अघि बसेको सीसीएमसीको बैठकले सरकारलाई वीर अस्पतालको नयाँ भवनलाई कोरोना विशेष अस्पताल बनाउन सिफारिस गरेको थियो । त्यसैगरि बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने पनि निर्णय गरेको छ ।