आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना पोजेटिभ हुने प्रतिनिधिसभा सांसदको संख्या १८ पुग्यो

गोकर्णेश्वर खबर२५ बैशाख २०७८, शनिबार १५:५२ मा प्रकाशित (२ साल अघि) ३१२ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ ।

संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी)का कर्मचारी छन् ।