आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बलिउड अभिनेत्री कंगनालाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२५ बैशाख २०७८, शनिबार १४:३६ मा प्रकाशित (२ साल अघि) ३९१ पाठक संख्या

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ । आफूमा कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन् ।

दैनिक जागरणका अनुसार ट्वीटरले उनको एकाउण्ट सस्पेण्ड गरिदिएपछि इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई कोरोना संक्रमणबारे जानकारी दिएकी हुन् ।
‘निकै थाकेको महशुस गरेकी छु । केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ । मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो । मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो । म यसलाई समाप्त पार्नेछु’, उनले लेखेकी छन् ।

उनले आम मानिसलाई कुनै पनि शक्तिलाई आफूमाथि हावी हुन नदिन आग्रह गरेकी छन् । ‘यदि तपाईं डराउनुभयो भने अझ बढी डराउनुहुनेछ । आउनुहोस्, सँगै मिलेर यो भाइरसलाई परास्त गरौं’, उनले लेखेकी छन् ।