आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे बस्दै

गोकर्णेश्वर खबर२५ बैशाख २०७८, शनिबार १०:४२ मा प्रकाशित (२ साल अघि) २२१ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

यही वैशाख २७ गतेको विशेष अधिवेशनमा बैठकमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।