आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

रअका नेपाल प्रमुख राघवप्रसाद काठमाडौं आइपुगे

गोकर्णेश्वर खबर२५ बैशाख २०७८, शनिबार ०९:२३ मा प्रकाशित (२ साल अघि) १८४ पाठक संख्या

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ ।

‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।