आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपालमा एकैदिन ९ हजार १९६ कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १९:१९ मा प्रकाशित (२ साल अघि) १८५ पाठक संख्या
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार २३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१९ हजार ९८७ जनाको पीसीआर र ४९५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।