आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज काठमाडौं उपत्यकामा थपिए ४ हजार बढी कोरोना संक्रमित

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १८:०३ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १०६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ।
देशभर ९ हजार १९६ जनामा संक्रमण पुष्टि हुँदा काठमाठौं उपत्यकामा मात्रै ४ हजार बढी संक्रमित भेटिएका हुन । आज काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ गरी जम्मा उपत्यकामा ४ हजार १०६मा संक्रमण पुष्टि भएको हो।

शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा देशभर ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म ३ लाख ७७ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको हो।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमणबाट निको भइसकेका छन्। योसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ छन्।