आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

युरोपा लिगको उपाधिका लागी म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १३:२३ मा प्रकाशित (२ साल अघि) ३३९ पाठक संख्या

काठमाडौं । युरोपा लिगको उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुने भएको छ।

म्यानचेस्टरले इटालियन क्लब रोमालाई समग्रमा ८-५ गोलले पछि पार्दै फाइनलमा स्थान बनायो।

पहिलो लेगमा ६-२ ले विजयी भएको म्यानचेस्टर दोस्रो लेगमा भने ३-२ गोलले पराजित भयो।

बिहीबार राति भएको खेलमा रोमाका लागि जेकोले ५७ र क्रिस्टियनले ६० मिनेटमा गोल गरेका थिए।

म्यानचेस्टरका लागि दुवै गोल काभानीले गरे। उनले खेलको ३९ र ६८ मिनेटमा गोल गरे। तर म्यानचेस्टरका टेलेसले ८३ मिनेटमा आत्मघाती गोल गर्दा रोमालाई फाइदा पुग्यो।

पहिलो लेगमा हात पारेको जितले म्यानचेस्टरलाई फाइनल यात्रा सहज भयो।

यता इंग्लिस क्लब आर्सनललाई समग्रमा २-१ गोलले पराजित गर्दै भिल्लारियल फाइनलमा पुग्यो।

पहिलो लेगमा भिल्लारियल २-१ ले विजयी भएको थियो। बिहीबार राति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकियो।

अब उपाधिका लागि आगामी २६ मेमा म्यानचेस्टर र भिल्लारियलबीच पोल्यान्डको गदान्स्कमा प्रतिस्पर्धा हुनेछ।