आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

राष्ट्रिय सभाका लागि एमालेबाट गृहमन्त्री थापा उमेदवार बन्ने

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १२:१७ मा प्रकाशित (२ साल अघि) ५२२ पाठक संख्या

काठमाडौं । राष्ट्रिय सभाका लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार बन्ने भएका छन्। उमेदवारी दिनका लागि बादल मकवानपुर हिँडिसकेको बादलका प्रेसविज्ञ किरण भट्टराइले जानकारी दिए।

२०७४ मा तत्कालीन मओवादी केन्द्रबाट थापा उम्मेद्वार बनेका थिए।

नेकपाको एकता भंग भएसँगै बादल एमालेतर्फ लागेपछि माओवादी केन्द्रले बादललाई कारबाही गरेको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए।

बैठकपछि गृहमन्त्री थापा उम्मेद्वारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका हुन्।

यता माओवादी कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले उम्मेद्वारी दिएका छन्।

राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उनी हेटौंडा पुगिसकेका छन्।

वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ भने नेकपा एमाले एक्लै छ।

राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन् । उनीहरूको मतभारको आधारमा उम्मेदवारको हारजित हुन्छ।